निजी क्षेत्रद्वारा संचालित आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले असोज १ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । पहिलो चरणमा एयरलान्सले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित उडान सुरु गर्ने भएको हो ।
गुण एयरलाइन्सका सीईओ बालकृष्ण श्रेष्ठले एयरलान्सले पहिलो उडान काठमाडौंबाट भरतपुर गर्ने बताए । पहिलो दिनको उडान असोज १ गते साढे १० बजेटबाट सुरु हुनेछ भने सोही दिन काठमाडौंबाट पोखरा उडान गर्ने गरी उडान तालिका तय गरिएको श्रेष्ठले जानकारी दिए ।
एयरलान्सले हाल दुई वटा गन्तव्यबाट उडान सुरु गर्ने र उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको जनाएको छ ।
एयरलान्सले दशैंलाई लक्षित गरी सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान गर्नेगरी तयारी गरेको सीईओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार दशैंलाई पाँच वटासम्म जहाजबाट निमित उडान सुरु गर्ने र बाँकी थप दुई गरी सात वटा जहाज एकैसाथ सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले गत वर्ष ११ चैत २०७६ देखि गरेको लकडाउनका कारण थन्किएको एयरलान्स नयाँ ब्राण्डमा बलियो उपस्थिति देखाउने गरी आएको छ । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर ७ वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा जहाज उडान सुरु गर्ने भएको हो ।
एयरलाइन्सले काठमाडौंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा उडान गर्ने जनाएको छ ।




















प्रतिक्रिया