विश्व बैंकले नेपाललाई रु. ५ अर्ब ८७ करोड रुपैंयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरण कार्यक्रम कार्यान्वयनका लागि सघाउ पुर्याउने उदेश्यले सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा बैंकले उपलब्ध गराएको रकमले सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउ पुर्याउने उल्लेख छ ।
अर्थ सचिव मरासीनीले हाल कोभिड-१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुननिर्माण गर्न यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यन्वयनसगैँ नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पूँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए ।





















प्रतिक्रिया