Logo

कर्पोरेट फोकस

हिमालय एयरलाइन्सको सबै जहाजमा स्वास्थ्य सुरक्षा उपकरण जडान



हिमालय एयरलाइन्सले सबै ४ वटा जहाजमा बाहृयरूपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एईडी) जडान गरेको छ । एयरलाइन्सले यात्रु सुरक्षालाई ध्यानमा राखि एईडी उपकरण जडान गरेको हो ।

उक्त उपकरण जडानले आउँदा दिनमा उडान यात्रा थप सुरक्षित, विश्वसनीय र आरामदायी हुने एयरलाइन्सले जनाएको छ । हिमालय जहाजमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राख्ने मुलुककै पहिलो र एक मात्र एयरलाइन्स कम्पनी भएको छ ।

एयरलाइन्सले एक जारी विज्ञप्ति जारी गर्दै जडान गरिएको जीवनदायी उपकरणले यात्रुको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकेर हृदयगति सुचारु राख्न मद्दत गर्नेछ । एयरलाइन्सले आफूसँग भएको तीनवटा एयरबस ३२० र एउटा एयरबस ३१९मा यो उपकरण जडान गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यमा यदि कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आएमा त्यस्ता विरामीको निदान गरी ज्यानै बचाउने कार्य गर्छ ।’

यो उपकरण प्रणाली जडानसँगै कम्पनीले सबै उडानमा आवद्ध कर्मचारीलाई यस सम्वन्धी तालिम दिइसकेको जनाएको छ । कम्पनीका अनुसार यो उपकरण गैरीधारास्थित प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरिसकिएको छ ।

विमानस्थलमा पनि यो सेवा सुरु गरेसँगै विमानस्थल भ्रमण गर्ने कुनै पनि यात्रुमा आकस्मिक समस्या आएमा तत्काल निराकरण गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:००   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।