Logo

अर्थ

नबिलको नयाँ योजनाः दशैंका निक्षेपकर्तालाई ९.२६% ब्याज



नबिल बैंकले दशैं छेको पारेर नयाँ योजना ल्याएको छ । बैंकले दशैं लक्षित योजना भन्दै निक्षेपकर्तालाई ९.२६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट लागू हुने गरी नयाँ दरमा ब्याज उपलब्ध गराउने जनाएको छ । १ बर्षभन्दा माथिको निक्षेप राख्नेले यो ब्याज पाउने छन् ।

बैंकले बचतमा पनि उच्चतम ब्याजदर घोषणा गरेको छ । यसअघि न्यूनतम ३.०१ देखि अधिकतम ५.०१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले असोज १ गतेबाट लागू हुने गरी बढाएको छ । बैंकले बचतमा न्यूनतम ४.२६ र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने छ ।

बैंकको देशभर रहेको १३५ वटै शाखामा गएर मुद्दति निक्षेप गर्ने वा पुन नवीकरण गर्नेले यो ब्याज पाउने छन् । हाल बैंकको १८५ वटा एटीएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेण्ट रहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १४:२०   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।