आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
आज छापवाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९,२०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८,९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन ८८,७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १,१४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १,१३५ रुपैयाँमा कारोबार भएको थियो।





















प्रतिक्रिया