देशैभर पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ ।
त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन् ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया