Logo

अर्थ

राष्ट्र बैंकले रु ३० अर्बको रिपो जारी गर्दै



बैंकिङ प्रणालीमा देखिएको तरलता समाधान गर्न नेपाल राष्ट्र बैंकले रु ३० अर्बको रिपो जारी गर्दै छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिए पछि बैंकले२ हप्ता सम्म अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सकिने छ।

यसअघि यस बैकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्बरुपैयाँ बैंक तथा वितिय संस्थालाई रिपो मार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभाव भएका बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्

तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् ।
।
राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत संकलन गरेका छन् । बैंक वित्तीय संस्थाले हिजो (बुधवार) मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफ मार्फत संकलन गरेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १४:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।