एक्सेल डेभलपमेन्ट बैंकले हदप्रश शेयर निष्काशन गर्ने भएको छ । बैंकले असोज २५ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।
हकप्रदश निष्काशनका लागि बैंकले असोज १ गतेदेखि बुकक्लोज गरेको थियो । जसअनुसार भदौ ३१ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम मिति कात्तिक २४ गतेसम्म तोकिएको छ ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिलट लिमिटेड रहेको छ । उक्त हकप्रद शेयरमा आवेदन दिन बिक्री प्रबन्धक सहित एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयर वा एपबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया