कृषि विकास बैंकको नयाँ शाखा संचालनमा आएको छ । बैंकले प्युठान जिल्लाको विजुवारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले नुन देखि सुन सम्मको कारोवार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकारसँग सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए ।
नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापीत पुरानो सरकारी बैंकले प्रतिस्पर्धी बैंकहरुको भिडमा जनताको भावाना र चाहाना बमोजीम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिए ।
त्यसैगरी कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले बैंकले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराए ।





















प्रतिक्रिया