काठमाडौं । भारतको पञ्जाव नेशनल बैंकसँग सहकार्य गरिरहेको एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा पहिलो पटक नेपाली पुगेका छन् । यस बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त भएका हुन् ।
विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा कार्यरत खालिङ असोज ८ गतेदेखि औपचारिक रुपमा एभरेष्ट बैंकको कार्यकारीका रुपमा नियुक्त भएका हुन् ।
शुक्रबार नियुक्त भएकै दिनदेखि खालिङले नियुक्त भएकै दिनदेखि कार्यभार सम्हालेका छन् । बैंकले १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।





















प्रतिक्रिया