Logo

स्वास्थ्य

यौन सम्पर्कको लत कसरी बस्छ ? छुटकारा पाउने उपायहरु के छन् ?



कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार–बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् ।

एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैले आफैलाई काबुमा राखेको हुँदैन, उसले आफैलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ । मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् ।

उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या “सेक्स एडिक्सनु मान्ने गरिन्छ । यौनको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौन लतको लक्षण

बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु

यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

जो कसैको साथ यौन सम्पर्क राख्ने इच्छा हुनुयौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना

यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्तमैथुन

हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि तपाईंलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।
डिप्रेसन, चिन्ता र मदिराको लत

यदि तपाई यौन सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बचने तरिकायस मामलामा मनोचिकित्सकको मद्दत लिन सकिन्छ ।
यसका अलावा एन्टी–एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १८:३९   :  बजे

942
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।