Logo

कर्पोरेट फोकस

दुर्घटना हुनबाट बच्यो बुद्ध एयरको जहाज !



विराटनगर अवतरणका लागि ७३ जना यात्रु बोकेर उडेको बुद्ध एयरको एनआई कलसाइनको उडान नम्बर–७०१ को जहाज दुर्घटना हुनबाट जोगिएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि बिराटनगरमा अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौं नै फर्किएपछि दुर्घटनाबाट जोगिएको हो ।

केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणकले जानकारी दिएको छ । जहाज काठमाडौंको आकाशमै आधा घण्टाभन्दा बढी होल्ड भएको बुझिएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् ।

७३ मध्ये ४९ यात्रुलाई सोमबार नै अर्को उडानबाट विराटनगर पठाइएको छ भने बाँकी यात्रुहरुलाई बुधबार पठाइने भएको प्राधिकरणक स्रोतले बतायो ।

दुर्घटना हुनबाट बचेपछि कतिपय यात्रु डरका कारण दोस्रो उडानमा नगएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनिहरुलाई भोली पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १४:२५   :  बजे

861
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।