आज मंगलबार साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा तीन सयले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायका अनुसार आज सुनको मुल्य प्रतितोला ८९ हजार तोकिएको बताएका छन् । हिजो सोमबार प्रतितोला ८९ हजार तीन सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ५ रुपैँयाले घटेर तोलाको ११ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ। सोमबार चाँदीको मूल्य ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।





















प्रतिक्रिया