कुमारी बैंकले गत आर्थिक वर्ष ०७७र७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।





















प्रतिक्रिया