Logo

अर्थ

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु



नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण पास गराएका बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०७७र७८ को वित्तीय विवरण पेश गरेर स्वीकृत गराएका बैंकहरूले धमाधम लाभांश घोषणा गर्दै राष्ट्र बैंकलाई जानकारी दिन थालेका हुन् ।

नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्षको नाफाबाट बोनस प्रस्ताव गरेर स्वीकृति माग्नेमा चारवटा वाणिज्य बैंक, एक विकास बैंक र अर्को एक पूर्वाधार विकास बैंक रहेका छन् । यी बैंकहरूले सञ्चालक समितिबाट लाभांश स्वीकृत गराएर त्यसको जानकारी पनि राष्ट्र बैंकलाई दिएका छन् ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार हालसम्म विकास बैंक र वाणिज्य बैंकहरूमध्येबाट १४ वटाले वित्तीय विवरण पेश गरेका छन् । वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्नेमा माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल पूर्वाधार विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रीला डेभलपमेन्ट बैंक रहेका छन् ।

यी बैंकहरूमध्ये माछापुच्छ्रेले १४ प्रतिशत, सिटिजन्सले १६ प्रतिशत, सानिमाले १७.८९ प्रतिशत, कुमारीले ८.६७ प्रतिशत, नेपाल पूर्वाधार विकास बैंकले ८.५ प्रतिशत र कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने भएका छन् । यी बैंकहरूले दिने लाभांशको लागि राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृत गराएर लाभांशको घोषणा पनि गरिसकेका छन् ।

अब यी बैंकहरूले साधारणसभा बोलाउने र साधारणसभाबाट स्वीकृत गराएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गर्नेछन् । लाभांश घोषणा गरिसकेका र वित्तीय विवरण स्वीकृत गरेका तथा स्वीकृतिको चरणमा रहेका बैंकहरूले अब दशैं पछाडि साधारणसभा बोलाउने र लाभांश स्वीकृत गराएर वितरण गर्ने तयारी गरेकाे एक बैंकरले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १४:०७   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।