आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेएर प्रतितोला ८८ हजार ९०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार सुनको मूल्य ८९ हजार थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ





















प्रतिक्रिया