Logo

अर्थ

नेपाल फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धव राज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ रुपैयाँको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

१ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १७:०४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।