१३ वटा कम्पनीको आईपीओ निष्कासन हुने तरखर (पाइपलाइन) मा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । पाइपलाइनमा रहेका उक्त १३ कम्पनीको आइपीओ बोर्डले स्वीकृति दिएपछि निष्कासन हुनेछन् ।
पछिल्लो समय नेपाली शेयर बजारमा चासो राख्ने सर्वसाधरणहरुको संख्या बढ्दै गएको पाइन्छ । आइपिओ खरिदबाट घाटा हुने सम्भावना अति नै न्युन हुने गरेकाले पनि यस तर्फ सर्वसाधारणको चासो बढ्दै गएको विज्ञहरू बताउँछन् ।
यती बेला आइपिओ निष्कासनका लागि पाइपलाईनमा रहेका १३ वटा कम्पनी मध्य ६ वटा कम्पनीको आइपीओ धितोपत्र बोर्डको प्रिलिमिनरी रिभ्युमा रहेका छन् ।
यसरी प्रिलिमिनरी रिभ्युमा रहेका कम्पनीहरूमा जीवन विकास लघु वित्त वित्तीय संस्था, बौद्धभूमि नेपाल हाइड्रोपावर, साहस ऊर्जा लिमिटेड, मनकामना स्मार्ट लघु वित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनी रहेका छन् ।
जीवन विकास लघु वित्त संस्था लिमिटेडले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ जारी गर्नका लागी बोर्डमा निवेदन दिएको छ । बोर्डको स्वीकृति पस्चात उक्त आइपीओ सर्वसाधारणको लागी जारी गर्ने छ । उक्त आवेदन बोर्डको प्रिलिमिनरी रिभ्युमा रहेको छ ।
बौद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १२ लाख कित्ता आइपिओ जारी गर्ने तयारी रहेको छ । जसका लागी कम्पनीले बोर्डमा आवेदन दिएको छ । उक्त आवेदन बोर्डको प्रिलिमिनरी रिभ्युमा रहेको छ ।
सहस ऊर्जा लिमिटेडले पनि स्थानीय प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । लिमिटेडले १ करोड ५ लाख कित्ता आइपिओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । लिमिटेडको उक्त आइपिओ पनि प्रिलिमिनरी रिभ्युमा रहेको छ ।
मनकामना स्मार्ट लघु वित्त वित्तीय संस्था लिमिटेडको पनि ३ लाख ८९ हजार कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । लिमिटेडले उक्त आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।
समालिङ पावर कम्पनी लिमिटेडले पनि १२ लाख ३० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । उक्त शेयर पनि धितोपत्र बोर्डको प्रिलिमिनरी रिभ्युमा रहेको छ ।
सयपत्री हाइड्रो पावर लिमिटेडको पनि ९ लाख कित्ता आइपिओ जारी गर्ने तयारी रहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ ।
त्यसै गरी मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको १ कारोड ५० लाख कित्ता, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता, डिस मिडिया नेटवर्क लिमिटेडको २३ लाख ८५ हजार ९ सय २९ कित्ता, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ७ लाख ३६ हजार २ सय ८९ कित्ता, न्यादी हाइड्रोपावर लिमिटेडको ४० लाख ५० हजार कित्ता, सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख १८ हजार २३० कित्ता र विन्दवासिनी हाइड्रोपावर डेभलपेण्ट कम्पनी लिमिटेको २५ लाख कित्ता आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ ।



















प्रतिक्रिया