Logo

अर्थ

सानिमा बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार



सानिमा बैंक लिमिटेडले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्धघाटन गरेका हुन् ।

सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।

त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले हरिसिद्धि कार्यालयको उद्धघाटन गरेका हुन् । उक्त समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकले स्थानिय क्षेत्रका बासिन्दाहरुलाई बैंकिङ पहुच पुराउने हित शाखा बिस्तार गरेको बैंकले जनाएको छ । सो शाखा कार्यालयहरुबाट सहज र सरल रुपमा बैंकिङ सेवा पाइने विश्वास स्थानीयले गरेको छन् । नयाँ २ शाखा थप गरेसंगै अहिले बैंकले देशभर १०८ शाखा कार्यालय र ९७ वटा एटीएमबाट निरन्तर बैंकिङ सेवा दिदै आइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १६:२९   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।