Logo

स्वास्थ्य

यौन जीवनलाई रोमाञ्चक कसरी बनाउने ?



काठमाडौं । यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया मात्र सही हो ।

दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ । यौन सम्बन्ध मानव जीवनको एक अभिन्न र महत्वपूर्ण पाटो हो ।

यसको अनुभव र ज्ञानद्वारा जीवनलाई सुन्दर र आनन्दित बनाउन सकिन्छ । यौनको माध्यमले जीवनमा कसरी आनन्द लिन सकिन्छ र दाम्पत्य सम्बन्धलाई कसरी समिपमा राख्न सकिन्छ भन्ने कुराको ख्याल भएन भने त्यस्ता दम्पत्तीको सम्बन्ध सुमधुर बनि रहन सक्दैन ।

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । दम्पतिबीचको मनमुटाव, डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची जाग्दैन । जब यौनमा रुची छैन भने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पु¥याउँछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १९:१६   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।