Logo

अर्थ

एक्सेल डेभलपमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश पारित गर्दै साधारणसभा सम्पन्न



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो ।

सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले लाभांश प्रयोजनको लागि असाज ७ गते बुकक्लोज गरेको थियो । जसअनुसार असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १५:०१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।