सोमबारको सुरुवाती कारोबारदेखि घटेको बजार घटबढ हुँदै अन्ततः दोहोरो अंकले घटेर बन्द भएको छ ।
सोमबार १८ दशमलव ०७ अंकले बजार ओरालो लाग्दा २ हजार ३ सय ८९ दशमलव १९ अंकको विन्दुमा बजार बन्द भएको छ । सोमबार अधिकतम २ हजार ४ सय ३१ दशमलव १९ अंक सम्म पुगेको बजार अन्तमा ० दशमलव ७५ प्रतिशतले घटेर सोमबारको कारोबार बन्द छ ।
सोमबार २ सय १२ कम्पनीको ५२ हजार ३ सय ९ पटकको कारोबारमा ९६ लाख ४ हजार ५ सय २९ कित्ता शेयरको कारोबार भएको छ । उक्त शेयर कित्ताको कारोबार हुँदा एकै दिन ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सोमबार सबै परिसूचकहरू राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव १७ प्रतिशतले घटेको छ ।
समूहगत परिसूचक मध्य १३ समूहको कारोबार भएकोमा ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । बढ्ने समूह अन्तर्गत होटलस् र टुरिजम समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक १.४८ प्रतिशतले बढेको छ । बाँकी लगानी, उत्पादन तथा प्रशोधन र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले वृद्धि भएका छन् ।
घट्ने समूहगत परिसूचक मध्य बैंकिङ्ग, निर्जीवन बिमा र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेका छन् भने बाँकी विकाश बैंक, वित्त, जलविद्युत, जीवन बिमा र लघुवित्त समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।
सोमबार नेपाल इन्फ्रास्टर्कचर बैंकको सर्वाधिक ४३ करोड ६२ लाख २१ हजार ८ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ भने दोस्रोमा अपर तामाकोशीको २९ करोड ८३ लाख ६९ हजार ७ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार संख्या र शेयर कित्ताका आधारमा पनि नेपाल इन्फ्रास्टर्कचर बैंक र अपर तामाकोशी नै अग्र स्थानमा रहेका छन् ।
लगातार सर्किट लागि रहेको चन्द्रगीरी हिल्सको शेयरमा आज पनि ९.९५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ त्यस्तै घम्लेदी हाइड्रो, पञ्चकन्या माई हाइड्रो र आखुँ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सोमबार सर्वाधिक ६.२५ प्रतिशतले गुमाएका छन् ।
सोमबार कारोबारमा आएका कम्पनी मध्य ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय १६ कम्पनीको शेयर मूल्य घटेको छ बाँकी १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


















प्रतिक्रिया