नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकास दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् ।
परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउनेछ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्याउन सहजीकरण गर्नेछ ।
पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने, बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने परिषदको योजना रहेको परिसंघले जनाएको छ ।
परिषदको सदस्यहरूमा प्रेम लामा, डा. डिल्लीराम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ रहेका छन् । त्यस्तै पवन कुमार गोल्यानलाई परिषदको सल्लाहकारमा छानिएको छ ।




















प्रतिक्रिया