Logo

स्वास्थ्य

९ सय ६८ जना कोरोना संक्रमित थपिए,११ सय १४ जना कोरोना निको



पछिल्लो २४ घण्टामा ९ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालका १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा परीक्षण गर्दा पीसीआर विधिबाट ११ हजार ५ सय ८२ र एन्टिजेन विधिबाट ४ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ सय १४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हाल मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७ सय ६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४ सय ५८ जना पुगेको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।