नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न आज थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । पछिल्लो समय बैंकहरुमा तरलता (लगानी योग्य रकम) अभाव भएपछि बजार चलायमान बनाउन राष्ट्र बैंकले २० अर्बको रिपो जारी गरेको हो ।
बैकहरु पैसा नभएर समस्यामा नपरुन् भन्ने अभिप्रायले राष्ट्र बैंकले छोटो अवधिका लागि रिपो जारी गरेको हो । सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० अर्ब रुपैयाँ बजार पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुमा चरम तरलता अभाव भएपछि राष्ट्र बैंकले पटक पटक रिपो जारी गरिसकेको छ । केहीदिन अघिमात्रै पनि बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो ।
हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ । आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रिपोका लागि माग गर्न सक्नेछन् ।





















प्रतिक्रिया