आज साताको पहिलो दिन बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा १ सय रुपियाँका दरले बृद्धि भएको जनाएको छ ।
सुनको भाउ आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कायम भएको छ भने शुक्रबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया