Logo

अर्थ

सानिमा बैंकले घटायो ब्याजदर



काठमाडौं । दशैं बिदा लगत्तै सानिमा बैंकले ब्याजदर घटाएको छ । आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपमा अधिकतम ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९ दशमलव ५१ प्रतिशत तोकेको थियो ।

मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६।५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।