Logo

अटो

उपत्यकामा आजदेखि बढ्यो गाडीभाडा, अब कति तिर्नुपर्छ ?



काठमाडौं । सरकारले उपत्यकाका लागि निर्धारण गरेको नयाँ भाडादर सोमबारदेखि लागू भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारी साधनले लिन पाउने गरी तोकेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्तिक १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको थियो । अब काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ ।

मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दामाथि ३५ रुपैयाँ तिर्नु पर्नेछ । वाग्मती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १४:५५   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।