Logo

अर्थ

माछापुच्छ्रे बैंकको कात्तिक २६ गते २३औँ वार्षिक साधारणसभा



माछापुच्छ्रे बैंकले २६ कात्तिकमा २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा अगाडी बैंकको लाभांश सुरक्षित गर्ने आज (विहिबार) अन्तिम दिन रहेको बताइएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ७ कात्तिकमा बुक क्लोज गर्दैछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कामको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिको रिक्त पदमा नियुक्ति लगायतको एजेण्डा छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ११:०३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।