Logo

अर्थ

मेगा बैंकको बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा, निक्षेपकर्तालाई उच्च प्रतिफल



मेगा बैंकले ‘यो तिहारको साथ खुसीयाली खास…’ योजना सार्वजनिक गर्दै मुद्दती निक्षेपमा बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा गरेको छ । तिहारको खुसीयालीमा बैंकले वार्षिक उच्चतम ९.३६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

बैकले ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा पनि अधिकतम ब्याजदर लागू गर्ने जनाएको छ । निक्षेपकर्तालाई उच्च प्रतिफल दिने उदेश्यले ब्याजदर बृद्धि गरेको बैकले उल्लेख गरेको छ ।

हाल बैंकको नेपालभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर र ८५ एटीएम बुथ रहेका छन् । त्यस्तै बैंकसँग ११९ शाखा रहित बैंकिङ केन्द्रहरु र २३०० भन्दा धेरै रेमिट एजेन्टहरु रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १२:०६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।