नेपालमा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ३ सय ७६ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ७ हजार २ सय ५३ जनाको परिक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण थप ११ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ९ सय ३२ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार ९ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ५८ हजार ८ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगााए सँगै निको हुने दर ९७.२ प्रतिशत पुगेको छ ।





















प्रतिक्रिया