Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५ सय ५७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



नेपालमा थप ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ७ हजार ६ सय २५ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ६ हजार ६१ जनाको परिक्षण गर्दा ५ सय २२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ८ सय ७७ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ५ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगााए सँगै निको हुने दर ९७.३ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १७:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।