नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १० हजार ८ सय ६४ जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ८ हजार २ सय ८४ जनाको परिक्षण गर्दा ६ सय ७३ जना र २ हजार ५ सय ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण थप १३ जना संक्रमितको निधन भएको छ भने विभिन्न अस्पतालबाट ५ सय १ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार ३ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ५७ हजार ६ सय १० जनाले कोरोना विरुद्धको खोप लगााए सँगै निको हुने दर ९७.३ प्रतिशत पुगेको छ ।




















प्रतिक्रिया