नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । साथै ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको नमुना परीक्षणमा पीसी.आर विधिबाट ९ हजार ७ सय ७१ जनाको परिक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको हो ।
विभिन्न अस्पतालबाट ६ सय २२ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ७३ हजार ४ सय २७ जनाले कोरोना विरुद्धको खोप लगााए छन्





















प्रतिक्रिया