बितेको २४ घण्टामा मुलुकभर ५ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १ सय ४५ र एन्टिजेन विधिबाट २ हजार ६ सय १ जनामा भएको परीक्षणमा जम्मा ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
मुलुकभर कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख २५ हजार ५ सय २७ पुगेको छ





















प्रतिक्रिया