नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । साथै ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ११ हजार ६ सय ६४ जनाको नमुना परीक्षणमा पीसीआर विधिबाट ७ हजार ४ सय ६८ जनाको परिक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको हो ।
विभिन्न अस्पतालबाट ४ सय ९० जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल ९ हजार ३ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकभर ६५ हजार २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।




















प्रतिक्रिया