Logo

स्वास्थ्य

आज मङ्गलबार कोरोनाबाट थप ११ जनाको मृत्यु, ४ सय ६९ जना नँया संक्रमित



नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । साथै ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १० हजार २ सय ८७ जनाको नमुना परीक्षणमा पीसीआर विधिबाट ७ हजार १ सय १५ जनाको परिक्षण गर्दा ४ सय २२ जना र ३ हजार १ सय ७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो ।

विभिन्न अस्पतालबाट ५ सय ५५ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल ९ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकभर ८० हजार ८ सइ १८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १६:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।