काठमाडौ । ‘समृद्धिका लागी सामाजिक अभियान’ भन्ने मुल नारा रहेको फोकस नेपालले अटो एभ प्रा. लि. का प्रवन्ध निर्देशक एवम् लुब्रीकेन्ट कार्य समिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका श्री मधुसुधन सिग्देललाइ ‘विशेष सेवा सम्मान २०७८’ प्रदान गरेको छ ।
विगत लामो समय देखि अत्यन्त निष्टा र समर्पणका साथ अटो मोबाइल व्यवसाय र सामाजिक क्षेत्रमा सकृय रहेको हुनाले उक्त सम्मान प्रदान गरेको कुरा आयोजकले जानकारी दिएको छ । विशेष कार्यक्रमको आयोजना गरी आज राष्ट्रिय नाच घरमा सिग्देललाइ सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्शिनाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा अटोमोबाइल्सका विभिन्न प्रयोग, विकास एवम् विस्तारलाइ जोड्न महत्वपूर्ण भूमिका खेल्दै सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएको र आगामि दिनमा पनि समाज प्रतिको उत्तरदायित्वलाइ बहन गर्ने अपेक्षा सहित विभिन्न क्षेत्रका विशेष व्यक्तित्वहरुलाइ आयोजकले सम्मान गरेको हो ।
यो सम्मानले थप जिम्मेवारी थपिएको महसुस भएको र पेशा एवम् सामाजिक उत्तरदायित्व प्रति सधै समर्पित रहने तथा सधै आफ्नो कर्तव्यलाइ प्राथामिकता र श्रद्धाका साथ आत्मसात गर्ने कुरा सम्मानित व्यक्तित्व सिग्देलले बताएका थिए ।






















प्रतिक्रिया