Logo

स्वास्थ्य

३ सय १७ जना कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१२ हजार ६ सय ५३ जनाको नमुना संकलन गर्दा ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय १ जना र३ हजार ४४ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६६ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म ७ हजार ५ सय ३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १७:०६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।