पछिल्लो २४ घण्टामा ४ सय १२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
११ हजार ९ सय ९३ जनाको नमुना संकलन गर्दा १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ६३ र १ हजार ८ सय ८७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय २ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ६ सय ३६ जना रहेका छन् ।




















प्रतिक्रिया