Logo

कर्पोरेट फोकस

इन्फिनिटी लघुवित्तले घोषणा गर्यो २९.१३ प्रतिशत लाभांश



इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २९.१३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश घोषणा गरेको हो ।

मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५/१५ प्रतिशतको दरले लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख रुपैयाँ छ । २७.७० प्रतिशत लाभांश प्रश्चात संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।