काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीकाे मुल्यमा सामान्य वृिद्धि भएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ सय ले बढेर रु ९३ हजार ९ सय कायम भएकाे छ । आइतबार सुन प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४ सय कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २ सय ७० पुगेको महासङ्घले जनाएको छ ।
चाँदी आइतबार प्रतितोला रु १ हजार २ सय ६० मा कारोबार भएको थियो ।





















प्रतिक्रिया