Logo

अर्थ

नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश



नेपाल एसबीआई बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १५:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।