Logo

अर्थ

आजको मुद्राको विनिमय दर यस्तो छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउ बुधबार पनि यति नै थियो ।

यसैगरी, युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य पनि स्थिर रहेको छ । जसअनुसार एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०६:३२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।