Logo

कर्पोरेट फोकस

बैंक अफ काठमाण्डूका ग्राहकलाई सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्मको छुट



बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् ।

बैंकले आफ्नो कार्डवाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नु उक्त विशेष छुटको योजना ल्याएको जनाएकाे छ ।

सस्तोडिलले सुपर डे योजना मंसिर २९ गतेदेखि देखि पुस २ गतेसम्म संचालन गर्न लागेको छ । जस अन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट पाउन सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार २१:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।