Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र ११६ जना



नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। यस्चतै आज देशभरमा सक्रिय संक्रमितको संख्या २८ सय रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।