निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिले विद्यालय बन्द गरी अनलाइनमार्फत अध्यापन थाल्न स्वास्थ्य मन्त्रायलयले गरेको सिफारिसप्रति आपत्ति जनाएको छ ।
प्याब्सन केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी स्वास्थ्य सावधानीका साथ पूर्ववत रुपमा विद्यालय सञ्चालन गर्न सदस्य विद्यालयलाई सूचित गरेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र कुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा नेपालको भौगोलिक अवस्था, अभिभावकको आर्थिक, सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता लगायतका कारणले नेपालको ५० प्रतिशतभन्दा बढी भू–भागका अभिभावका इन्टरनेटको पहुँच पुग्न नसक्ने उल्लेख छ ।
साथै, अहिले स्थानीय तहमार्फत शैक्षिक व्यवस्थापन गरिएकाले स्वास्थ्य सावधानी अपनाइ विद्यालय यथावत सञ्चालनका लागि आग्रह गरिएको छ ।




















प्रतिक्रिया