Logo

स्वास्थ्य

नेपाल फेरि विश्वकै प्रदुषित शहर



काठमाडौँ विश्वका ५० प्रदुषित शहरमध्ये पहिलो नम्बरमा परेको छ । प्रदूषण बढ्दा काठमाडौँ उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको हो ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

हावाको वहाव बढेमा वा पानी परेमा समस्या समाधान हुने मौसमविदको भनाइ छ । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।