Logo

खेलकुद

च्यासललाई हराउँदै हिमालयन शेर्पा विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल हिमालयनसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

हिमालयनसँग पराजित भएपछि च्यासलका मुख्य प्रशिक्षक बालगोपाल शाहुखलले डिफेन्समा कमजोरी हुँदा हार व्यहोरेको प्रतिक्रिया दिएका छन् । त्यसैगरी हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले च्यासलले राम्रो खेलेपनि तीन अंक आएको बताए । खेलमा हारजित हुनु स्वाभाविक हो, रिजल्ट महत्वपुर्ण हुन्छ भन्दै उनले यसअघिका खेल भन्दा च्यासलले राम्रो खेलेको तर अंक भने आफुहरूले पाएको प्रतिक्रिया दिए ।

लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ । उसले ६ खेलबाट ८ अंक जोडेको छ ।

उता च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ । जारी सिजन च्यासल धेरै हार बेहोर्ने टोलीसमेत बनेको छ । ६ खेलबाट ४ अंक रहेको च्यासल १३ औं स्थानमा रहँदै रेलिगेसन संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।