Logo

स्वास्थ्य

आलोपालो र सिफ्ट अनुसार कक्षा सञ्चालन गर्न मन्त्रालयको आग्रह



शिक्षा मन्त्रायले विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले संक्रमणको जोखिमलाई ध्यान दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएका शहर वा स्थानमा स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द र सञ्चालन गर्न आग्रह गरेको हो ।

नेपाल सरकारबाट थप निर्णय नभएसम्म सबै शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका जनस्वास्थ्य सम्बन्धी मापदण्डका साथै सातै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पालना गर्नरगराउने आग्रह गरेको छ ।

सबै शिक्षण शिक्षण संस्थाहरुमा अनिवार्य माक्स तथा स्यानिटाइजरको प्रयोग गर्ने र साबुन पानीले हात धुने व्यवस्था पनि मिलाउन सम्बन्धित स्थानीय तह र विद्यालयलाई मन्त्रालयले भनेको छ ।

हेर्नुहोस विज्ञप्ति :

education.jpg

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।